चिहान खनेर साथीको लाश निकाले, मोटरसाइकलमा हालेर सहर घुमाएपछि...

चिहान खनेर साथीको लाश निकाले, मोटरसाइकलमा हालेर सहर घुमाएपछि...

दक्षिण अमेरिकी देश इक्वाडोरमा मानिसहरु त्यतिबेला आश्चर्यमा परे जब एउटा समूहले आफ्ना एक साथीको लाश मोडरसाइकलमा लिएर सहर घुमिरहेको देखियो । यी साथीहरुले आफ्ना साथीको लाश चिहान खनेर बाहिर निकाले । त्यसपछि लाशलाई मोटरसाइकलमा राखे र सडकमा घुम्न निस्किए । यो दृश्य देख्ने जो कोही आश्चर्यमा परे ।

डेलीस्टारको रिपोर्टअनुसार २१ वर्षका एरिक सडेनो नामका युवकको हालै मृत्यु भएको थियो । त्यतिबेला एरिकका साथीहरु उनको अन्तिम संस्कारमा आउन पाएका थिएनन् । मृतक एरिक सडेनोलाई बाइक राइड निकै मन पर्थ्यो । यही कारण उनका साथीहरुले यस्तो विचित्रको काम गरे ।

उनीहरुले एरिकको शव चिहान खनेर निकाले र उनको बाइक राइडको चाहना पूरा गरे । यसो गर्नको लागि मृतकका परिवारको अनुमति लिइएको थियो । शवलाई बाइकमा राखेर राइड गराइयो । मानिसहरुले यसको फोटो र भिडियो खिचे ।

रिपोर्टका अनुसार सडकमा करिब ७ जनाको एक समूह बाइकमा लाश लिएर सडकमा निस्किएका थिए । एउटा बाइकमा तीन जना बसेका थिए । उनीहरुको बीचमा शव राखिएको थियो । यी साथीहरुले आफ्ना मरेका साथीको अन्तिम इच्छा पूरा गरिरहेका थिए ।

उनीहरुले चिहानमा मदिरा पनि छर्किएका थिए । स्थानीय मिडियाका अनुसार इक्वाडोरमा यस प्रकारको यो पहिलो घटना हो । कोरोना संकटका बीच यसरी लाश निकालेर सार्वजनिक रुपमा घुमेकोप्रति प्रश्नहरु पनि उठेका छन् ।