नागरिक समाजको कार्यक्षेत्र र मानव अधिकार रक्षकको अधिकार बिषयक सम्मेलन धनगढीमा सुरु

नागरिक समाजको कार्यक्षेत्र र मानव अधिकार रक्षकको अधिकार बिषयक सम्मेलन धनगढीमा सुरु

धनगढी । नागरिक समाजको कार्यक्षेत्र र मानव अधिकार रक्षकको अधिकार बिषयक प्रदेश स्तरिय मानव अधिकार रक्षक सम्मेलन धनगढीमा सुरु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशको आयोजनामा बुधबारदेखि धनगढीमा सम्मेलन सुरु भएको हो ।

सो सम्मेलनको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले उद्घाटन गर्नुृ भएको हो । सम्मेलन बिहीबारसम्म सञ्चालन हुने आयोजक इन्सेक सुदूरपश्चिमले जनाएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार रक्षक दिवसको अवसरमा इन्सेक सुदूरपश्चिमले दुई दिने प्रदेश स्तरिय सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा सुदूरपश्चिम प्रदेशभरका मानव अधिकार रक्षकहरुको सहभागिता रहेको इन्सेक सुदूरपश्चिम संयोजक खडकराज जोशीले जानकारी दिए । इन्सेक संस्थाले लामो समयदेखि मानव अधिकार रक्षकहरुको अधिकार र सुरक्षका लागि काम गर्दै आएको छ ।

सम्मेलनको उदघाट्न सत्रमा  आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, कैलालीका प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम संयोजक मोहनदेव जोशी, जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशी लगायतका व्यक्तिहरुको उपस्थिती छ ।