सन्दीप आबद्ध हाेबार्ट पहिलाे खेलमा १४ रनले पराजित

सन्दीप आबद्ध हाेबार्ट पहिलाे खेलमा १४ रनले पराजित

अस्ट्रेलियाकाे टी–२० लिग बिग बाशमा नेपालका बलर सन्दीप लामिछाने आबद्ध क्लब होबार्ट ह्युरिकेन पराजित भएको छ । आज बुधवार भएकाे होबार्ट ह्युरिकेन्स सिड्नी सिक्सरसँग १४ रनले पराजित भयो । 

सिक्सर्सले दिएको एक सय ४५ रनको लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा आठ विकेट गुमाएर एक सय ३० रनमात्रै बनाउन सक्यो । हाेबार्टका लागि पिटर ह्यान्ड्सकम्बले ४७, म्याथ्यु वेड र कलेब जेवलले २०–२० रन बनाए पनि अन्य खेलाडीले राम्राे प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ सिक्सर्सका लागि टम करनले तीन र हेडेन केरले दुई विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे सिक्सर्सले निर्धारति ओभरमा नाै विकेट गुमाएर एक सय ४४ रन बनायाे । हाेबार्टका लागि थाेमस राेजर्सले तीन र नाथन इलिसले दुई विकेट लिए । आजको खेलमा सन्दीप लामिछानेले चार ओभरमा २४ रन दिएर एक विकेट लिए ।