टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

रुपन्देहीको सियारी गाँउपालिका–७ अमुवामा बुधबार बेलुकी टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । बेलुकी सवा ७ बजे लु २ ख ७६६ नम्बरको टिपरले साइकललाई ठक्कर दिँदा साइकलमा सवार स्थानीय ४५ वर्षीय ओम बहादुर कार्कीको मृत्यु भएको हो ।

भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा कार्कीको मृत्यु भएको हो । ठक्कर दिएपछि ट्रिपर भागेको थियो ।

फरार ट्रिपर र चालकलाई प्रहरी चौकी चिल्हियाले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय छपियाले जानकारी दिएको छ ।