कैलालीमा 'ओमिक्रोन’ रोकथामका लागि डिसीएमसीले गरेका निर्णय यी हुन् ? (निर्णयसहित)

कैलालीमा 'ओमिक्रोन’ रोकथामका लागि डिसीएमसीले गरेका निर्णय यी हुन् ? (निर्णयसहित)

धनगढी । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथामका लागि कैलालीमा जिल्ला कोभिड संकट व्यबस्थान केन्द्रको बैठक बसेको बैठकले विभिन्न निर्णय गरेको छ । नेपालमा पनि ओमिक्रोनको संक्रमण देखिएपछि जिल्लामा ओमिक्रोन भित्रिन नदिन डिसीएमसीको बैठकले विभिन्न निर्णय गरेको हो ।

बैठकमा विगतका निर्णय कार्यान्वयनका विषयमा पनि समिक्षा भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । ‘धार्मिक र सांस्कृतिक महत्वका स्थानमा नित्य पूजापाठ, आराधना बाहेकका भेला र उत्सव गर्दा भीड नगर्न जिल्ला प्रशासन कार्यालयमार्फत सूचना जारी गर्ने निर्णय भएको छ ।

यस्तै सिमानाकामा स्थापना गरिएका हेल्थडेस्कलाई थप व्यवस्थित बनाई नेपाल प्रवेश गर्ने सबै व्यक्तिहरुको चेकजाँच गरी अभिलेख राख्ने समेत निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

No description available.