बाजुरामा ट्रक भीरबाट खस्दा दुई जनाको मृत्यु

बाजुरामा ट्रक भीरबाट खस्दा दुई जनाको मृत्यु

बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए ।

नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे१ ख ३४६८ नम्बरको मालबाहक ट्रक आज बिहान भीरबाट करिब ५०० मिटर तल खस्दा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताए । दुर्घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।