जाडो छल्न कैलालीको घोडाघोडी सिमसार आइपुगे विदेशी चरा !

धनगढी खबर    

जाडो छल्न कैलालीको घोडाघोडी सिमसार आइपुगे विदेशी चरा !

धनगढी । विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी सिमसार पनि एक हो। यतिखेर जाडो छल्नका लागि रसियाको साइबेरिया, मङ्गोलियालगायतका स्थानबाट आएका चराको चहलपहल बढेको छ। जलपंक्षी चराले यहाँको दृश्यले मन लोभ्याउने गर्दछ।

जैविक विविधताले भरिपूर्ण यो सिमसारमा ३६० प्रजातिका चरा पाइने बताइन्छ। चराविद् हिरुलाल डङ्गौराका अनुसार यहाँ ६४ प्रजातिका जलपंक्षी रहेका छन्।

यहाँ पाइने १२ प्रजातिका चरा विश्वमै दुर्लभ मानिन्छन्। यहाँ पाइने कैले टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुरीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसे फिस्टो, लघु महाचिललगायत विश्वमै दुर्लभ चरा हुन्।

प्रसिद्ध घोडाघोडी सिमसारमा ठूला र साना गरी २४ वटा ताल रहका छन्। कुल १० हजार ५७० हेक्टर क्षेत्रफलमा यो सिमसारमा फैलिएको छ।



बिहिबार २३, मङि्सर २०७८ ११:५४ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस