महाधिवेशनमा सकेसम्म सहमतिमा नेतृत्व चयन गर्छाैँ : प्रधानमन्त्री देउवा

धनगढी खबर    

महाधिवेशनमा सकेसम्म सहमतिमा नेतृत्व चयन गर्छाैँ : प्रधानमन्त्री देउवा
फाइल तस्विर

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताउनु भएको छ ।

सहमहामन्त्री डा. प्रकाश शरण महतको पुस्तक काठमाण्डौमा विमोचन गर्दै उहाँले सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने बताउनुभयो । प्रतिस्पर्धाबाट हुने जित, हारलाई सजिलै स्वीकार्नु पर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभएको छ – ‘हार्नेले जित्नेलाई सहयोग गर्ने र जित्नेले हार्नेका कुरा पनि सुनेर जानुपर्छ’ ।

यस्तै, प्रधानमन्त्री देउवाले महाधिवेशनलाई सफल बनाउन सबै जुट्नु पर्ने भन्दै महाधिवेशन सकेर कांग्रेसलाई बलियो बनाएर आमचुनावमा सबैभन्दा ठूलो पार्टी बनाउने पनि दाबी गर्नुभयो । उहाँले  महाधिवेशनलाई सामान्य रूपमा लिन पनि आग्रह गर्नु भएको छ ।



बिहिबार २३, मङि्सर २०७८ १२:१२ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस