धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५१ नमुना परिक्षण गर्दा थप एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै २४ घण्टामा थप एकजना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा पाँच जना विरामी उपचाररत छन् । उनीहरु सबैको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।