डोटीको प्रादेशिक महोत्सवमा वन मन्त्री भट्टलाई कालोझण्डा

डोटीको प्रादेशिक  महोत्सवमा वन मन्त्री भट्टलाई कालोझण्डा

डोटीमा सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई कालो झण्डा देखाईएको छ।

डोटी चेम्बर अफ कमर्शद्वारा दिपायलमा शुक्रबारबाट शुरू भएको प्रादेशिक महोत्सवको उद्घाटन गर्न पुगेकी मन्त्रि भट्टलाई महोत्सवस्थलमै कालोझण्डा देखाईएको हो ।

सुदूरपश्चिमको राजधानी दिपायल नबनाएको आरोपमा स्थानीयले कालोझण्डा देखाईएको बताएका छन । नेबिसंघ, नेपाल तरुण दल, तथा अन्य नागरिक अगुवाहरुको संयूक्त टोलीले कालो झण्डा देखाएको हो।

नेविसंघ डोटीका अध्यक्ष गणेशबहादुर खड्काले  आन्दोलन अझै चलिरहने र दिपायल राजधानी नबनाउन भूमिका खेल्ने हरकोहीलाई दिपायलमा प्रवेश गर्न नदिने बताउनुभयो ।