आज देशभर सामान्यतया मौसम सफा रहने, देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवस्यक सतर्कता अपनाउन आग्रह

आज देशभर सामान्यतया मौसम सफा रहने, देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवस्यक सतर्कता अपनाउन आग्रह

आज देशको पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

यस्तै आइतबार दिउँसो गण्डकी र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहने सम्भावना रहेको छ।यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् । न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढेको छ ।