यी हुन् आफ्ना बडिगार्डलाई करोडौँ तिर्ने बलिउडका पाँच कलाकार , दिने पारिश्रमिक सुन्दा छक्क पर्नुहुनेछ

यी हुन् आफ्ना बडिगार्डलाई करोडौँ तिर्ने बलिउडका पाँच कलाकार , दिने पारिश्रमिक सुन्दा छक्क पर्नुहुनेछ

सलमान खान – बलिउडका भाइजान अर्थात् सुपरस्टार सलमान खान पनि व्यक्तिगत सुरक्षाका लागि बढी रकम खर्चिने कलाकारमा पर्छन् । विभिन्न कारणले विवादमा तानिइरहने उनको सुरक्षाका लागि विगत २० वर्षदेखि सेरा खटिइरहेका छन् । जसका लागि सलमानले सेरालाई वार्षिक दुई करोड भारतीय रुपैयाँ दिने गरेका छन् । सलमानले सेराका छोरालाई बलिउडमा डेब्यु गराउने खबर पनि बाहिर आएको छ।

अक्षयकुमार – सुरस्टार अक्षयकुमारलाई बलिउडका खेलाडी भनेर पनि चिनिन्छ । उनी वार्षिक तीन–चारवटा हिट फिल्म दिइरहेका हुन्छन् । उनी आफ्नो सुरक्षाका लागि मोटो रकम छुट्याउँछन् । अक्षयले आफ्नो सुरक्षा अहिले श्रेयासे थेले अकालेमार्फत गरिरहेका छन् । जसका लागि अक्षयले श्रेयासेलाई वार्षिक एक करोड २० लाख भारतीय रुपैयाँ पारिश्रमिक दिने गर्छन् ।

शाहरुख खान – बलिउडका किङ अफ रोमान्स शाहरुख खानले रोमान्टिक विधाका सुपरहिट फिल्म दिएका छन् । युवा–युवतीका लागि उनी रोल मोडल हुन् । उनी आफ्नो सुरक्षाका लागि बलिउडमा सबैभन्दा बढी रकम खर्च गर्छन् । उनले सुरक्षाका लागि रवि सिंहलाई वार्षिक दुई करोड ५० लाख तलब उपलब्ध गराउने गरेका छन् ।

अमिताभ बच्चन – सुरक्षा खर्चका मामलामा शीर्ष पाँचभित्र पर्छन्, बलिउड महानायक अमिताभ बच्चन । उनी ७५ वर्ष नाघिसक्दा पनि उत्तिकै सक्रिय छन् । उनको क्रेज पनि उत्तिकै छ । उनले सुरक्षाका लागि भनेर जितेन्द्र सिन्देलाई नियुक्त गरेका छन् । नयाँ पत्रिकामा खबर छ । हरेक सार्वजनिक कार्यक्रमदेखि जुनसुकै स्थानमा अमिताभलाई जोगाउनु जितेन्द्रको जिम्मेवारी हो । यसका लागि अमिताभले जितेन्द्रलाई वार्षिक एक करोड ५० लाख भारतीय रुपैयाँ पारिश्रमिक दिने गरेका छन् ।