कांग्रेस सभापति जितेका देउवालाई माधव नेपालको बधाई

कांग्रेस सभापति जितेका देउवालाई माधव नेपालको बधाई

नेपाली कांग्रेसको सभापतिमा विजयी प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बधाई तथा शुभकामना दिएका छन् ।

अध्यक्ष नेपालले बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।