क्षमताभन्दा बढी कैदीबन्दी हुँदाहुदै थप ८ कैदी कञ्चनपुरबाट दार्चुला कारागार ल्याइयो

क्षमताभन्दा बढी कैदीबन्दी हुँदाहुदै थप ८ कैदी कञ्चनपुरबाट दार्चुला कारागार ल्याइयो

दार्चुला । हिमाली जिल्ला दार्चुलाको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुदाँहुदै पनि थप ८ जना कैदी मंगलवार कञ्चनपुरबाट ल्याइएका छन् । त्यहाँको कारागारमा ठाउँ अभाव भएपछि दार्चुला, डडेल्धुरा र कैलाली २८ जना कैदी पठाइएका हुन् ।

मंगलवार राती ८ कैदी कन्चनपुर कारागारबाट दार्चुला कारागार स्थानान्तरण गरिएको जिल्ला कारागार दार्चुलाका जेलर बिरेन्द्र सिंह धामीले जानकारी दिए । कन्चनपुरबाट एकैदिन २८ कैदीबन्दीको स्थानान्तरण गरिएको छ । कन्चनपुरबाट १० जना कैलाली, १० जना डडेल्धुरा र ८ जनालाई दार्चुला कारागार पठाइएको हो । यो सँगै अब दार्चुला कारागारमा कैदीबन्दीको संख्या ६९ पुगेको छ ।

जहाँ ४० जनाको मात्रै बस्ने क्षमता रहेको छ । अहिले दार्चुला कारागारमा ५१ जना कैदी, ९ जना थुनुवा र १ नाबालिका गरी ६१ कैदीबन्दी छन् । कारागारमा क्षमता भन्दा बढी कैदीवन्दी हुदाँ समस्या आएको जेलर धामीले बताए । उनले भने, ‘भवन नहुदा कैदीबन्दीहरुले एकै कोठामा क्षमता भन्दा धेरै बस्नुपर्ने बाध्यता छ, अहिले चिसो पनि अत्यधिक बढेको छ जसले व्यवस्थापनमा निकै नै समस्या निम्त्याएको छ ।’

जिल्ला कारागार दार्चुलामा मानव बेचविखन, कर्तव्यज्यान मुद्धा, जबरजस्ती करणी, मानव बेचविखन, बालबिवाह, बहूबिवाह, लागुऔषध लगायतमा संलग्न कैदीबन्दीहरु रहेका छन् ।