कञ्चनपुरः महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। कञ्चनपुरको महाकाली नगरपालिका–१ की ६ वर्षीय अस्मिता सुनारको मृत्यु भएको प्रहरीले जानएको छ।
उनी सोमबार नदीमा नुहाउने गएकी थिइन। सोही क्रममा सुनारेको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। नदीमा डुबेकी उनलाई तत्कालै उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्रमा पुरयाइए पनि उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।