कैलाली ट्राफिकद्धारा जोरबिजोर प्रणाली पालना नगर्ने अटो र ई-रिक्सा चालकलाई प्रशिक्षण

कैलाली ट्राफिकद्धारा जोरबिजोर प्रणाली पालना नगर्ने अटो र ई-रिक्सा चालकलाई प्रशिक्षण

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले धनगढीका अटो र ई-रिक्सा चालकहरूलाई प्रशिक्षण दिएको छ । बिहीबार बाट धनगढीको ट्राफिक चौराहादेखि क्याम्पस रोडसम्म चल्ने अटो र ई-रिक्सामाथि जोरबिजोर प्रणाली लागू गरेपछि चालकहरूलाई सो बिषयमा प्रशिक्षण दिइएको हो ।

आज बिहान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मैदानमा अटो रिक्सा चालकलाई सम्झाई बुझाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । जोरबिजोर प्रणाली बारे चालकहरूलाई जानकारी गराइएको हो ।

उनीहरूलाई कैलालीका ट्राफिक प्रहरी हवल्दार सिद्धराज विष्टसहितको टोलीले सम्झाई बुझाई गरेको थियो । हिजोदेखि जोरबिजोर प्रणाली लागू गरिएको हुँदा सो निर्णयलाई पालना नगर्ने अटो र ई-रिक्सा चालकहरूलाई निर्णय पुर्णरुपमा पालना गर्न आग्रह गरिएको छ ।

करिब ९८ जना अटो तथा ई-रिक्सा चालकलाई सम्झाई बुझाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

May be an image of 11 people, people sitting, people standing, outdoors and treeMay be an image of 3 people and outdoorsMay be an image of 2 people and outdoors