शशांक अघिअघि, एनपी साउद पछिपछि

नेपाली कांग्रेसको

Time २ बर्ष अगाडि
Time ५६ सेकेन्ड पाठ

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा जारी मतगणनामा शशांक कोइरालाले सर्वाधिक मत पाएका छन् । पछिल्लो विवरण अनुसार उनीसँगै एनपी साउदले दोस्रो नम्बरमा मत पाइरहेका छन् ।

शेरबहादुर देउवा र शेखर कोइराला दुवै प्यानलमा शशांकलाई राखेका थिए।  २३९३ मत गणना हुँदा कोइरालाले सर्वाधिक १९७१ मत पाएका छन् । देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्न खोजे पनि नपाएका एनपी साउदले कोइराला भन्दा पछिको मत पाइरहेका छन् । 

उनले १५३८ मत पाएका छन् । उनीपछि गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाणले १५०७ मत पाएका छन् । 

खाणपछि सभापति देउवाकै गृहप्रदेशका रमेश लेखकले १४५१ मत पाएका छन् । त्यस्तै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि १४२३ मत पाए ।  

 १  डा शशांक कोइराला :-१९७१

२    एनपी साउद :- १५३८

३    बालकृष्ण खाण:-१५०७

४    रमेश लेखक :-१४५१

५    ज्ञानेन्द्र बहादुर कार्की :- १४२३

६    उदय सम्शेर राणा:- १४४५

७    रामहरी खतिवडा :- १३९५

८    अर्जुननरसिंह केसी :-१३८३

९    गोपाल मान श्रेष्ठ :- १३२३

१०    जिप छिरिङ लामा :- १३१२

Time आइतबार ०४, पुष २०७८ ०८:१२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया