कैलालीमा युवकको घाँटी रेटेर हत्या : कुकुरसहितको टोली अनुसन्धानमा खटियो

धनगढी खबर    

कैलालीमा युवकको घाँटी रेटेर हत्या : कुकुरसहितको टोली अनुसन्धानमा खटियो

धनगढी । कैलालीको जानकी गाउँपालिकामा एक युवाको घाँटी रेटेर बीभत्स हत्या भएको छ । जानकी–९, का २५ वर्षीय अरुण दासको धारिलो हतियारले घाँटी रेटेर हत्या भएको छ ।

घाँटी रेटेर शरीरबाट टाउको अलग गरिएको अवस्थामा उनको शव स्थानीय अमरावती सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक बेदप्रकाश जोशीले बताए ।

रुखको फेदमा बाँधेर नग्न बनाउँदै धारिलो हतियारले घाँटी छिनालिएको अवस्था शव फेला परेको प्रहरीले जनाएको छ । जङ्गलमा घाँस काट्न गएका महिलाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार घटनास्थल जङ्गलभित्र बाटोबाट करीब पाँच सय मिटर भित्र रहेको छ ।

अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रदेश अनुसन्धान समूहको टीम र जिल्ला प्रहरी कार्यालयको टोलि खटिएको छ ।

यो पनि पढ्नु होस्

आइतबार ०४, पुष २०७८ ११:२१ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस