नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष पदमा महेन्द्रनगर जेसिजका पुर्व अध्यक्ष ओझा निर्वाचित

नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष पदमा महेन्द्रनगर जेसिजका पुर्व अध्यक्ष ओझा निर्वाचित

कञ्चनपुर । महेन्द्रनगर जेसिजका पूर्व अध्यक्ष नरेश चन्द्र ओझा नेपाल जेसिज २०२२ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित  भएका छन् । सन् २००७ बाट जेसिजमा आबद्ध रहेका उनी सन् २०१६ मा महेन्द्रनगर जेसिजको अध्यक्ष हुँदै सन् २०२२ मा राष्ट्रिय उपाध्यक्ष पदमा भारी मतले विजयी भएका छन् ।

जेसिजमाझ जुझारु र क्रियाशील  व्यक्तिको रूपमा परिचित उनी जेसिजकर्मीले  स्पष्ट वक्ताका रूपमा समेत चिन्ने गरेका छन् । पूर्व मेची देखि पश्चिम महाकाली सम्मका युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि काम गर्ने सँगै जेसिज अभियानलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने उनको योजना रहेको बताए ।

४८ औँ महाधिवेशनमा चुनाव लड्दै गर्दा  गरेका प्रतिबद्धता हरू सङ्गै अघि बढ्ने समेत उनले बताएका छन् ।युवाहरूलाई उद्यमशीलतासँग जोडी  नेतृत्व  विकास, क्षमता विकास  र आयआर्जनतर्फ आकर्षित गराउन कटिबद्ध रहेको उनले बताए । सन् २०१६ मा महेन्द्रनगर जेसिजको अध्यक्ष रहेका उनले नेपाल जेसिजको वर्ष २०२२ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका थिए।

उनले भने;"मलाई नेपाल जेसिजको  राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित गराइदिनु हुने सम्पूर्ण मतदाताहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु साथै अमूल्य मत दिई विजयी गराउनु हुने सम्पूर्ण  मतदाताहरूको मतको सदैव कदर र सम्मान गर्ने समेत वाचा गर्दछु ।"सँगै उनले जेसिजको हक हितका लागि काम गर्ने र आफूले गरेका प्रतिबद्धताहरू पूरा गर्ने समेत वाचा गरेका छन् । 
 
नव निर्वाचित अध्यक्ष जेसि नरेश चन्द्र ओझालाई विजयी गराउन सहयोग गर्ने सम्पूर्ण मतदाताहरू प्रति महेन्द्रनगर  जेसिज वर्ष २०२१ का अध्यक्ष हरिस प्रसाद भट्टले हार्दिक आभार व्यक्त गरेका छन् ।  

उपाध्यक्ष ओझाले १५ वर्ष लामो समय  देखि जेसिजमा आबद्ध रहेर विभिन्न सामाजिक कार्यहरू पनि गर्दै आएका थिए। १५ वर्षको लामो जेसिज अनुभव बटुलेका उनी माथि थप नेपाल जेसिजको जिम्मेवारी थपिएको छ।

उक्त जिम्मेवारी अझै कुशलता पूर्वक निभाउने नेपाल जेसिजका नव निर्वाचित राष्ट्रिय उपाध्यक्ष ओझाले बताए। नेपाल जेसिजको आज पोखरामा सम्पन्न ४८ औँ महाधिवेशनबाट ओझा  राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित भएका हुन ।