गीतकार थापालाई दीर्घसाधना सम्मान

गीतकार थापालाई दीर्घसाधना सम्मान

नवौं म्युजिक खबर म्युजिक अवार्ड २०२१ मा वरिष्ठ गीतकार राजेन्द्र थापालाई दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ । 

पोहोर साल खुसी फाट्दा, पर लैजाउ फूलहरु, क्या दामी, याद गर्न पनि, गाला रातै, पहिलो नम्बरमालगायत गीतका स्रष्टा वरिष्ठ गीतकार राजेन्द्र थापालाई यस वर्षको म्युजिक खबर दीर्घ साधना सम्मान अर्पण गर्न लागिएको हो । 

यस वर्षको म्युजिक खबर डायस्पोरा संगीत सम्मान गायक रामप्रसाद खनाललाई अर्पण गरिने भएको छ । गायक खनाल लोकदोहोरीको क्षेत्रमा प्रबद्र्धकका रुपमा चिनिन्छन् । म्युजिक खबर संगीत पत्रकारिता पुरस्कार रङ्गपत्रकार विदुर गिरीलाई प्रदान गरिने भएको छ । 

गायक हेमन्त शर्मा र गायिका सीता थापालाई यस वर्षको म्युजिक खबर दशकको स्रष्टा सम्मान प्रदान गरिने आयोजक संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युवा प्रतिभा संगीत सम्मान गायक राजु ढकाललाई र बाल प्रतिभा प्रोत्साहन सम्मान बाल गायिका सफलता श्रेष्ठलाई अर्पण गरिन लागिएको छ ।