आज मौसम सामान्यतया सफा, हेर्नुहोस् आगामी ३ दिनको मौशम बिवरण

आज मौसम सामान्यतया सफा, हेर्नुहोस् आगामी ३ दिनको मौशम बिवरण

जल तथा मौसम विज्ञान विभागले आगामी तीनदिनको मौसम अवस्थाको पूर्वानुमान गरेको छ । विभागका अनुसार हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन।

दिउँसो :  बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशमा आंशिक बदली रही  बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।

राती : देशभरि आंशिक बदली  रहनेछ।
२०७८ पौष ६ गते (मंगलबार) 

दिउँसो : प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली  प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही  बाँकी भू-भागमा  आंशिक बदली रहनेछ। रहनेछ।  देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राती : प्रदेश १, बाग्मती र गण्डकी  प्रदेशको पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही  बाँकी भू-भागमा   आंशिक बदली रहनेछ। प्रदेश १ तथा बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
२०७८ पौष ७ गते (बुधबार)

दिउँसो : पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।

राती : पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।