कैलालीमा युवकको विभत्स हत्या प्रकरण : एक जना पक्राउ

कैलालीमा युवकको विभत्स हत्या प्रकरण : एक जना पक्राउ

धनगढी । कैलालीमा युवकको विभत्स हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको हत्या गरेको आरोपमा लम्की टीकापुर क्षेत्रबाट एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

तर प्रहरीले भने उनको नाम सार्वजनिक गरेको छैन । दासको शव शनिवार दिउँसो अर्मावति सामुदायिक वनमा फेला परेको थियो । उनको विभत्स हत्यापछि एउटा अडियो बाहिरिएको थियो ।

सोही कुराकानीको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।