नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् ।
सोमबार भएको निर्वाचनमा दिनानाथ गौतमलाई पराजित गरी पौडेल बागमती प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले १६२ मत ल्याएका छन् भने गौतमले ८६ मत मात्र पाए ।
यस्तै उपाध्यक्षमा रुपा महर्जन, प्रेम बहादुर पुलामी छिन्तुु र रामप्रसाद ढुंगाना विजयी भएका छन् ।
कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छन् ।