मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा देउवा पक्षको वर्चश्व

मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा देउवा पक्षको वर्चश्व

नेपाली काँग्रेसको मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा संस्थापन पक्षको वर्चश्व देखिएको छ । मंगलबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मधेसीतर्फको केन्द्रीय सदस्यको सम्पन्न मत गणनामा   संस्थापन पक्षको वर्चश्व देखिएको हो । ४ महिलासहित ९ जना केन्द्रीय सदस्यमा ८ जना सभापति शेरबहादुर देउवा प्यानलबाट विजयी भएका छन् । 

४६६७ मत खसेकोमा अजय चौरसियाले २५२२ मत ल्याएर पहिलो स्थानमा उभ्याएका छन् । यस्तै दोस्रो नम्बरमा २२०६ मतसहित विनोद चौधरी विजयी भएका छन् । तेस्रो नम्बरमा चन्द्रमोहन यादव २१३८ मतसहित निर्वाचित भएका छन् ।

चौथोमा महेन्द्रकुमार रायले १९८४ र पाँचौँ नम्बरमा दिनेशकुमार यादवले १९५९ मतसहित निर्वाचित भएका छन् । जसमा चन्द्रमोहन शेखर कोइरालाको समूहबाट निर्वाचित भएका छन्। यस्तै चार जना महिलातर्फ भने देउवा पक्षले क्लिन स्विप परेको छ । देउवा समूहकी मुक्ता कुमारी यादव ३ हजार ९ सय ६९ मत ल्याएर पहिलो स्थानमा निर्वाचित भएकी छन् । यस्तै मिनाक्षी झा ३ हजार १२, मन्जुकुमारी यादव २ हजार ८ सय ८३ र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याएर  विजयी भएकी छन् ।