तराईमा हुस्सु र कुहिरो, पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात

तराईमा हुस्सु र कुहिरो, पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात

हाल देशमा पश्चिमी वायुको आंशिक  प्रभाव रहेको छ। बिहान पहाडी भू-भागमा आंशिक बदली छ । भने तराईमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो प्रदेश १ को  उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

बिहीबार प्रदेश १, बागमती र गण्डकीका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बिहीबार राति उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ।