हनुमानध्वज गुल्मद्धारा जनचेतनामुलक कार्यक्रम र बजार सरसफाइ

हनुमानध्वज गुल्मद्धारा जनचेतनामुलक कार्यक्रम र बजार सरसफाइ

बैतडी । राष्ट्रिय सेवा दलको चौथो बार्षिक उत्सवको अवसर पारेर हनुमानध्वज गुल्म बैतडीले सदरमुकाममा विभिन्न जनचेतनामुलक कार्यक्रम तथा बजार सरसफाइ कार्यक्रम गरेको छ । दशरथचन्द नगरपालिका, जिल्ला प्रशासन कार्यालय बैतडी र उद्योग वाणिज्य सङ्घ बैतडीको सहयोगमा गुल्म कार्यालय बैतडीले बिहीबार सदरमुकाममा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

समाजमा आइपर्ने हरेक किसिमका समस्याहरू न्यूनीकरण गर्न एक आपसमा सहयोगी भावनाको विकास गर्न समाजमा आकस्मिक विपतमा सबैको सहयोग आवश्यक रहेको बत्ताउनु हुँदै राष्ट्र, राष्ट्रियता प्रति जिम्मेवार भएर लाग्नुपन उत्सवको अवसर पारेर सदरमुकामको गोठलापानी बजार मा आयोजित कार्यक्रममा गुल्मपति खिल बहादुर रानाले बताउनुभएको हो ।

No description available.

कार्यक्रममा नेपाली सेनाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र एन सी.सी क्याडेट बिध्यार्थीहरुलाई समावेश गराई कोभिड-१९ रोकथामका लागी जनचेतनामूलक कार्य, मास्क सेनेटाइजर वितरण र जलपान कार्यक्रमका साथै सदरमुकाम गढी गोठलापानी र साहिलेक बजार को सरसफाइका गर्नुभएको हो ।

यस्तै जिल्ला स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य कर्मीहरूको टोलीले स्थानीय १८ जनाको कोरोना परीक्षण गर्नु भएको थियो । स्थानीय बजार मा गरिएको कोरोना परीक्षणमा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीकी स्टाफ नर्स दिपा मौनी बलायर ले जानकारी दिनु भएको छ ।

No description available.

राष्ट्रिय सेवा दलको चौथो वार्षिक उत्सवमा जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद पाण्डेय, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक रमेश पाल सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्मका प्रमुख गणेश शाह लगायत जिल्ला स्थिति सरकारी गैरसरकारी निकायका प्रमुख,उद्योग वाणिज्य सङ्घ बजार व्यवस्थापन समितिका पदाधिकारी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

No description available.