सुदुरपश्चिमका पर्यटकीय क्षेत्र चिनाउन "अप्रील २२"  (टे्लर सहित)

सुदुरपश्चिमका पर्यटकीय क्षेत्र चिनाउन "अप्रील २२"  (टे्लर सहित)

धनगढी । सुदुरपश्चिम प्रदेशमा बनेको पहिलो एक्सन चलचित्र अप्रील २२  को टे्लर सार्वजनिक भएको छ । अबको केहि महिनामै प्रर्दशनमा आउन लागेको एक्सन सहित लभ स्टोरी रहेको नेपाली कथानक चलचित्र अप्रील २२  को बुधवार युवटुव मार्फत टे्रलर सार्वजनिक गरिएको हो । सुदुरपश्चिम प्रदेशका बिभिन्न रमणिय पर्यटकिय क्षेत्रहरुमा छायाङकन गरिएको सो चलचित्रको निर्देशन किङ योगीले गरेका छन् ।

रमाईलो संगसंगै सुदुरपश्चिमका ओझेलमा परेका पर्यटकिय क्षेत्रको प्रचार प्रसार एबम् प्रबद्धन गर्ने उदेश्का साथ चलचित्र निर्माण गरिएको चलचित्रका सहायक निर्देशक एबम् नृत्य निर्देशक हरिश खडायतले जानकारी दिनुभयो । उँहाले टे्रलर धेरैले मन पराएकाले चलचित्रले सफलता प्राप्त गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।  प्रन्जली साउदद्धारा तयार परिएको कथामा सुर्यन खड्का , शोभा पुलामी मगर , तेजा ऐर , हरिश खडायत , तक्की , योगमाया कुवर , रोहन बिष्ट , दिया बोगटी , सागर नेपालीको मुख्य भुमिका रहेको छ । चलचित्रमा गायक टेकन्द्र नेपालीले गिता गायका छन् ।

चन्द्र खड्का र नयन सिंह बडैला निर्माता रहेको चलचित्रमा पोष्टर डिजाइनर प्रकाश एस के र मेकअपमा सन्ध्या योगी रहकी छन् । चलचित्रको छायाङ्कन र सम्पादन सदित सिन्हाले गरेका हुन् । चलचित्रको पोष्ट उत्पादन सि एस फिल्म धनगढीले गरिरहेको छ ।