वृद्ध महिला मृत अवस्थामा फेला

वृद्ध महिला मृत अवस्थामा फेला

बझाङ : बझाङको दुर्गाथली गाँउपालिका वडा नम्बर ४ की ६२ बर्षिया रम्भा देवि भन्डारी मृत अवस्थामा फेला परेकी छन् । शनिबार घर बाट घाँस काट्न लागी निश्किएकी रजाडाकी रम्भा भण्डारीको लडेर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भण्डारी एक्लै घरमा रहेको र उनका तिन छोरा बुहारी सबै रोजगारीका लागि भारत गएको बुझीन आएको प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।

छोरा बुहारीलाई खबर भै सकेका कारण उनिहरु भारत बाट हिडी सकेको जनाईएको छ । घटना बारे थप अनुसन्धान भै रहेको डिएसपि धितालले बताए ।

मृतक भण्डारीको शरिर पोष्टमाटम गर्नका लागि जिल्ला अस्पतालमा राखीएको छ । भारत बाट छोरा बुहारी आए पछि मात्रै पोष्टमाटम गरिने जनाईएको छ ।