बाजुरामा करेन्ट लागेर १४ वर्षीया किशोरीको मृत्युु

बाजुरामा करेन्ट लागेर १४ वर्षीया किशोरीको मृत्युु

बाजुराको जगन्नाथ गाउँपालिका–४ थारीकाँडामा आइतबार बिहान करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाकी १४ वर्षीया सिर्जना खत्री रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायव उपरिक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए ।

मृतक किशोरी बुबासंगै कुटानीपिसानी मिलमा गएको बेला उनले ओढेको दोपट्टा मिल चलिरहेको बेला अड्किएपछि किशोरीको मृत्यु भएको निमित्त प्रहरी प्रहरी नायव उपरिक्षक गुरुले बताए ।शव पोस्टमार्टमका लागि कोल्टी ल्याइएको प्रहरीले जनाएको छ ।