कञ्चनपुरको पुर्नवासमा तीर्थ स्थल निर्माणार्थ विराट देशव्यापी राष्ट्रशान्ति श्री भगवद्नाम सेवा भक्ति महाअनुष्ठान भोली देखी सञ्चालन हुने भएको छ ।
श्रीनिवास दिव्यधामका संस्थापक तथा संरक्षक स्वामी गोविन्दाचार्य दाहालको अगुवाईमा महाअनुष्ठान पुनर्वास नगरपालिका वडा नम्बर ८ को पृथ्वीबस्थी स्थित क गाउँमा रहेको श्रीनिवास दिव्यधाममा फागुन २० गतेदेखि बैशाख ७ गते सम्म गरी ५० दिन चल्ने जनाएको छ ।