कैलालीकी एक महिलाले गरिन् प्रेमीसँग मिलेर श्रीमानको हत्या

कैलालीकी एक महिलाले गरिन् प्रेमीसँग मिलेर श्रीमानको हत्या

धनगढीः कैलालीको भजनी नगरपालिका–९ भुरुवाकी एक महिलाले प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पत्नी निर्मला राजीले प्रेमी दिलीप राजीसँग मिलेर श्रीमान् नन्दु राजीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ।

तीन, चार दिन देखि नन्दु राजी आफ्नो घरमा नदेखिए पछि गाउलेहरुले प्रहरीलाई खबर गरेका थिए। सोही क्रममा खोजतलास गर्दा राजीको शव घर नजिकैको जंगलमा जमिनमा गाडेर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो।

उनको शव प्रहरीले आज बिहान फेला पारेको थियो। तर शवको प्रकृति हेर्दा ३÷४ दिन अघि हत्या भएको हुनसक्ने प्रहरीको अनुमान रहको छ।

पत्नी निर्मला राजी र उनको प्रेमी दिलीप राजी अहिले इलाका प्रहरी कार्यालय भजनीको नियन्त्रणमा राखिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार शवलाई अहिले पोष्टमाटमका लागी टिकापुर अस्पताल पठाइएको छ।