दुई किशोर–किशोरी झुण्डिएको अवस्थामा भेटिए

दुई किशोर–किशोरी झुण्डिएको अवस्थामा भेटिए

कैलालीमा एक किशोर र एक किशोरी झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ का मायाराम चौधरी र सोही ठाउँकी छोरी सन्जु चौधरी झुण्डिएको अवस्थामा फेला परेका हुन् । १९ वर्षीय मायाराम र १६ वर्षीया सन्जुको शव दुई सय मिटरको दुरिमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मायाराम जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् भने सन्जु आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । प्रहरीले घटनाबारे पारिवार भित्रबाटै अनुसन्धान शुरु भएको जनाएको छ । उनीहरुले के कति कारणले एकै समयमा आत्महत्या गरे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।