आफैले बाेकेकाे बन्दुककाे गाेली लागेर ज्यान गयाे

आफैले बाेकेकाे बन्दुककाे गाेली लागेर ज्यान गयाे

धनकुटाको सल्लेरीमा रहेको बरख गणमा कार्यरत सेनाका एक जवानको आफैले बोकेको बन्दुकको गोली लागेर ज्यान गएको छ ।

डोटी घर भइ हाल बरख गण धनकुटामा कार्यरत ३२ वर्षीय चेतराज जैशीको आफैले बोकेको राइफलको गोली लागेर शनिबार राति मृत्यु भएको हो ।ब्यारेकभित्र राति ड्यूटीमा खटिएको बेला जैशीलाई गोली लागेको थियो ।

गोली लागेर जैशीको छाती र ढाडमा प्वाल परेको छ । उहाालाई तीन वटा गोली एकसाथ लागेको थियो ।जैशी आफैले बोकेको राइफलको गोली लागेका कारण गोली आफैले हानेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो ।

मृतकको शव पोष्टमार्टमको लागि धनकुटा अस्पतालमा राखिएको छ । मृतक जैशी आफ्नी पत्नीका साथ ब्यारेक भित्रै बस्दै आउनुभएको थियो ।