कैलालीमा ट्याक्टरमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

कैलालीमा ट्याक्टरमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ खुटियामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।   

रोकिराखेको ट्र्याक्टर विपरीत दिशा बाट आएको मोटरसाइकल ठोकिदा लम्कीचुहाँ नगरपालिका ५ का ४२ वर्षीय सुरेश बुढाको मृत्यु भएको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी निरीक्षक वकिल सिंहका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। घाइते बुढालाई पद्मा अस्पतालमा उपचार सम्भव नभएपछि सेती अस्पतालमा रेफर गरिएको थियो।

सुप प्र ०१००२ त ६०७९ नम्बरको ट्याक्टर ढुगां लोड गरी रोकी राखेको अवस्थामा सुप प्र ०१००८ प ७१२७ नम्बरको मोटरसाइकल ठोकिएको हो । 

ट्याक्टर र मोटरसाइकल इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रण रहेको बताइएको छ ।