हिमपातको असर भीमदत्त राजमार्गमा

हिमपातको असर भीमदत्त राजमार्गमा

सुदुरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा भारी हिमपात भएको छ । गत वर्ष मंसिरतिर हिमपात भएको भएपनि यस वर्ष ढिला गरि हिमपात भएको छ । बझाङको बुङगल नगरपालिका, छविसपाथीभेरा, तल्कोट, साईपाल, मष्टा खप्तडछान्ना, थलारा, वित्थडचिर र दुर्गाथली गाउँपालिकामा बाक्लो हिमपात भएको छ ।

हिमपातका कारण डडेल्धुराको हगुल्टे, साउखर्क, तेल्यालेक, बैतडीको ढोल्या मोड, खोड्पे बजार, अनारखोली, नाचन्थली लगायतका ठाँउहरुमा बाक्लो हिमपात भएका कारण पहाडी जिल्ला भित्रने बाहिरिने सावरी साधनहरु बाटोमै रोकिएका छन् ।

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको हगुल्टे र साहुखर्क क्षेत्रमा रातिदेखि हिमपात भएपछि यातायात अवरुद्ध भएको छ। हिउँ परेपछि तराई–पहाडका जिल्लाका लागि गुडेका सवारीसउाधन राजमार्गमै रोकिएका छन्। यात्रु बाटोमै अलपत्र परेको बताइएको छ। मङ्गलबार बेलुकादेखि पानी पर्न सुरु भएसँगै रातिदेखि हिमपात भएको हो

भीमदत्त राजमार्गको साहुखर्क र हगुल्टेमा आज बिहानदेखि सडक अवरुद्ध भएको  छ। डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको छ।