स्पाइनल ट्युमर देखिएपछि अस्पताल भर्ना भएका नेपाल आइडल २ का विजेता रवि ओड अस्पतालबाट डिस्चार्ज भएका छन्।
स्पाइनल ट्युमरको सफल शल्यक्रिया भएपछि उनी आइतबार विएण्डवी अस्पतालबाट डिस्चार्ज भएका छन्। उनकाे शल्यक्रिया एक हप्ता अगाडि भएको थियो।
छाती दुखेर अस्पताल पुगेका ओडको एमआरआइपछि स्पाइनल कर्डमा समस्या भएको थाहा भएको थियो। कर्डमा ट्युमर रहेको पाइएपछि उनलाई अस्पतालका डाक्टरहरूले शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएका थिए। रविकाे स्पाइनल ट्युमरको शल्यक्रिया गर्न करिव तीन घण्टा लागेको थियो।