ओमिक्रोन कमजोर कि बलियो ?

ओमिक्रोन कमजोर कि बलियो ?

विश्व स्वास्थ्य संगठनले ओमिक्रोन संक्रमणमा देखिने लक्षणहरू अन्य भेरियन्टभन्दा फरक नहुने र हालसम्म सामान्य मात्र देखिएको जानकारी दिएको छ। 

तथापि प्रायः बिरामी कडा थकान र शरीर दुखाइको सिकायत लिएर आउने गरेको बताइन्छ। ओमिक्रोन भाइरस फोक्सोमा नभई श्वास नली ब्रोन्कसमा छिटो र गम्भीर रूपमा फैलने गर्छ। खोप नलगाएका र पूर्ण मात्रा नलगाएकामा जटिलता र अस्पताल भर्ना छ। संक्रमणदर डेल्टाभन्दा ७० गुणा बढी छ। डेल्टा फैलन यस दिन लागेको संख्या ओमिक्रोन दुई सातामै भइसकेको छ। साढे एकदेखि तीन दिनमा ओमिक्रोनको संक्रमण दोब्बर हुँदैछ। ओमिक्रोनले फोक्सोमा नभई श्वासनलीमा आक्रमण गर्ने र फोक्सोलाई कम असर देखाएकाले संक्रमित गम्भीर बिरामी हुने खतरा पनि कम छ।

बुस्टर डोजले एन्टिबडीको तह उच्च हुने, भाइरसको मात्रा बढ्न तथा कोषहरूमा प्रवेश गर्न रोक्ने भएकाले ओमिक्रोनबाट ८५ प्रतिशत सुरक्षित रहने बेलायतका अनुसन्धानकर्ताहरूले जनाएका छन्। लन्डनस्थित इम्पेरियल कलेजले गरेको उक्त अध्ययनमा दुई मात्रा खोप लगाएकामा एन्टिबडीको क्षमतामा २० देखि ४० प्रतिशतसम्म कमी आएको कारणले खोप ओमिक्रोनमा कम प्रभावकारी देखिएको जनाएको छ। तसर्थ बुस्टर खण्डमा प्रभावकारिता ८० देखि ८५।९ प्रतिशत देखिएको छ।

तर, डेल्टालगायतका अन्य भेरियन्टमा यस्तो प्रभावकारिता ९७ प्रतिशत छ। नेपाल सरकारले पनि बुस्टर डोजका बारेमा यथोचित निर्णय गर्नु पर्ने देखिएको छ । कोरोनालगायतका संक्रमण रोक्न प्रदूषण, फोहोरजन्य रोगहरूको रोकथाम र पूर्णरूपमा नियन्त्रणमा ल्याउनुपर्छ।