कोभिड नियम उल्लंघन गर्ने नागरिकलाई शहर परिक्रमा

कोभिड नियम उल्लंघन गर्ने नागरिकलाई शहर परिक्रमा

कोभिड १९ विरुद्धको नयाँ नियम उल्लंघन गर्ने व्यक्तिलाई चिनियाँ सशस्त्र प्रहरी बलले शहर परिक्रमा गराएको छ। सो नियम उल्लंघन गर्ने चार चिनियाँ नागरिकलाई प्रहरीले सजायस्वरुप जिङ्सी शहर वरिपरि र भित्रि गल्लीहरु परिक्रमा गराएको हो। 

चीनले कोभिड १९ प्रतिबन्ध अन्तर्गत पहिलो लकडाउनको समयमा तोकेको नियम दुई वर्षपछि पनि लागु गर्नुपरेको बताइएको छ। आरोपित चार जनाले चीनको बन्द नाकाबाट मानिसहरु ओसारपसार गरेको खुलेको छ। सोहि आरोपमा प्रकाउ परेका प्रहरीले ति व्यक्तिको विवरणसहित हजमत पोसाकमा पुरै शहर र सबै गल्लीहरु परिक्रमा गराएको स्थानीय मिडिया ग्वाङ्सी डेलीमा उल्लेख छ। 

पछिल्लो समय ओमिक्रोन भेरियन्ट संक्रमण देखा परेसँगै चीनले पुन शुन्य कोभिड नीति अपनाउन थालेको छ। सो नीतिअन्तर्गत चीनले नयाँ संक्रमण फैलिएका दुई वटा प्रान्तहरुमा कडा लकडाउनको घोषणा गरेको छ। अन्य प्रान्तहरुमा पनि कोभिड प्रतिबन्ध लगाएको छ।