आजको मौसम

आजको मौसम

हाल देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ।

दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।राती  प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य  बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। 

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको कारण चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।