नबोलिकनै टिकटकमा कमाए एक अर्बभन्दा धेरै फलोअर्स

नबोलिकनै टिकटकमा कमाए एक अर्बभन्दा धेरै फलोअर्स

टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा खाबी लेम दोस्रो स्थानमा रहेका छन् । अमेरिकी नृत्याङ्गना चार्ली डी’ अमेलियोपछि टिकटक प्रख्यातीको दोस्रो स्थानमा लेमको नाम दर्ता भएको छ । उनको टिकटक खातालाई १ अर्बभन्दा बढी व्यक्तिले फलो गरेका छन् र त्यसमा उनले एक अर्ब २० करोडभन्दा बढी लाइक पाएका छन् । कैयौं व्यक्तिहरूले लेमले अमेलियोलाई पनि उछिन्न सक्ने अनुमान गरेका छन् ।

अमेलियो टिकटकमा एक अर्ब फलोअर पु¥याउने पहिलो व्यक्ति हुन् अहिले उनको एक अर्ब ३५ करोडभन्दा बढी फलोअर छन् । खाबी लेम पश्चिम अफ्रिकाको सेनगलमा जन्मिएका हुन् । २१ वर्षीय लेमको अहिले इटलीमा बसाबास रहेको छ । एक कारखानामा मजदुरका रूपमा काम गर्ने लेमले कोभिड–१९ महामारीका कारण जागिर गुमाएपछि मार्च २०२० मा टिकटक चलाउन शुरु गरेका थिए ।

लेमले अन्य मानिसले गरेको कुनै कार्यलाई तुलना गर्दै यस कार्यलाई कसरी सहजै गराउने भन्ने विषयलाई जोडेर आफ्नु भिडियो देखाउने गरेका छन् । बिनाकारण जटिल बनाएका छन् भनेर लेमले देखाउने गरेका छन् । तर, भिडिओमा उनी बोल्दैनन् । उनको अनुहारको नाटकीय भावलाई देखेर मानिसहरूलाई रमाइलो मान्छन् अनि त्यो रमाइलो भएको कुरा थाहा पाउन कुनै भाषा जान्नुपर्दैन भन्ने पनि उनको भिडियोबाट झल्किन्छ