शनिवार धनगढीमा ९ औँ राष्ट्रिय पोल्ट्री दिवस २०७८ मनाइने

शनिवार धनगढीमा ९ औँ राष्ट्रिय पोल्ट्री दिवस २०७८ मनाइने

धनगढी। कैलालीको धनगढीमा ९ औँ राष्ट्रिय पोल्ट्री दिवस २०७८ मनाइने भएको छ । नेपाल अण्डा उत्पादक संघ, कुखुरा तथा अण्डा उत्पादक संघ कैलाली, कञ्चनपुरको आयोजनामा शनिवार धनगढीमा ९ औँ राष्ट्रिय पोल्ट्री दिवस २०७८ मनाइने भएको हो। 

आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भोलि (शनिवार) धनगढी चौराहा देखी होटेल रुवस सम्म प्रभात फेरी, ११ बजे देखी औपचारिक छलफल कार्यक्रम गरिने जनाइएको हो। साथै कार्यक्रममा पोल्ट्री व्यवसाय तथा किसानहरू समस्याका लागी सुदूरपश्चिम प्रदेश सरकार र सरोकारवाला सँग छलफल तथा पोल्ट्री क्षेत्रको प्रर्बधनका लागी पहल गरिने छ । यस्तै पोल्ट्री व्यवसायको बजारीकरण तथा पोल्ट्री व्यवसाय क्षेत्रका लागी नीति नियमका लागी सुझाव दिइने जनाइएको छ। सुदूरपश्चिममा यस्तो कार्यक्रम पहिलो पटक हुन लागेको हो ।

नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले पोल्ट्री क्षेत्रमा आबद्ध व्यवसायी तथा किसानहरूको आय आर्जन गर्ने तथा स्वरोजगारको पेसा पोल्ट्री व्यवसायी भएकाले भारतबाट पोल्ट्री जन्य बस्तुहरू आयातले नेपाली व्यवसाय र किसानहरू समस्या परेको जानकारी दिए । यस्तै स्वदेशमै उत्पादन भएका पोलट्रीजन्य बस्तुको बजारीकरण समस्या छ, उनले भने । यसका लागी पोल्ट्री व्यवसायी, किसानहरूको समस्याहरू प्रदेश सरकार तथा सरोकारवाला सँग राख्ने र प्रदेश सरकारको तर्फबाट कस्तो नीति नियम कानुन बनाउनुपर्छ त्यसका लागी सुझाव दिइने उनले जानकारी दिए।

यस्तै कोरोना सङ्क्रमणको समयमा धराशायी व्यवसायलाई माथि उकास्न, कुखुरा तथा अण्डा बाट आत्मनिर्भर बनाउन र कुखुरा तथा अण्डा बाट मानव स्वास्थ्यको उपयोगिता बारे जानकारी गराइने उनले बताए । कैलालीका कुखुरा तथा अण्डा उत्पादक किसान संघ जिल्ला अध्यक्ष भुवन पाण्डेयले ब्रोइलर कुखुराको हकमा भने सुदूरपश्चिम प्रदेश पूर्ण रूपमा आत्मनिर्भर भएपनी अण्डाको माग भने धेरै रहेको बताए । सुदूरपश्चिममा दैनिक ५ देखी साढे ५ लाख गोटा अण्डाको माग रहेकोमा २ लाख ५० हजार सम्म उत्पादन रहेको छ।

प्रत्येक हप्ता १ लाख गोटा चल्लाको आवश्यकता पर्छ उनले भने। अहिले ४० हजार ५० हजार मात्रै रहेकोमा अन्य बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ ।

व्यावसायिक अण्डा उत्पादक र वितरकहरू बिच भाइचाराको सम्बन्ध कायम राख्दै यस व्यवसायलाई अरू बढी व्यावसायिक बनाउने उद्देश्य हो । छरिएर रहेको अण्डा बजारलाई एकीकृत गर्दै सङ्गठित अण्डाको बजार विकाश गर्ने उद्देश्य रहेको भनाई छ । अण्डा उत्पादन व्यवसायको केन्द्रको रूपमा परिचित चितवनलाई केन्द्र बनाई अण्डा उत्पादक व्यवसायको समय विकाश र प्रवर्द्धन गर्न व्यावसायिक उत्पादकहरूको सङ्गठित संस्था स्थापना गर्ने उद्देश्यले २०५६ सालमा नेपाल अण्डा उत्पादक सङ्घको स्थापना भएको हो ।