शनिबार सेती अस्पतालमा थप २ जनामा कोरोना पुष्टि

शनिबार सेती अस्पतालमा थप २ जनामा कोरोना पुष्टि

धनगढी । धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा शनिबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४० जनामा गरिएको पिसिआर परिक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार अस्पतालमा एक जना कोरोना संक्रमित उपचार भैरहेको छ भने एक जनाको आइसियूमा उपचार भईरहेको छ ।