नेपाल दलित मानव अधिकार एकता मञ्चको अध्यक्षमा निकिता वड

नेपाल दलित मानव अधिकार एकता मञ्चको अध्यक्षमा निकिता वड

धनगढी । नेपाल दलित मानव अधिकार एकता मञ्च गठन भएको छ । दलित समुदायको हकहित र अधिकार रक्षाको लागी समिति गठन गरिएको हो । समितिको अध्यक्षमा निकिता वड , उपाध्यक्ष अमित सार्की ,सचिवमा मेनका वड ,कोषाध्यक्षमा किरण आउजि चयन भएका हुन् ।

मञ्चको सदस्यमा किरण आउजी, कुसुम बि सी , प्रतीक्षा नेपाली गरी सात सदस्यीय समिति गठन गरिएको छ । त्यस्तै मञ्चको सल्लाहकारमा दीपक सुनार, रामबहादुर बिक र नरबहादुर वड रहेका छन् ।

नेपाल दलित मानव अधिकार एकता मञ्चले समाजमा मुनाफा रहित र जनहितको लागि काम गर्ने दीपक सुनारले बताए । छुवाछुत र विभेद अन्य गर्न सामाजिक आर्थिक रूपमा पिछडिएको दलित जनजाति महिला बालबालिकाहरूलाई सिपमूलक तालिम समेत मञ्चले प्रदान गर्ने सुनारले बताए