माओवादीको सबै चुनावी कार्यक्रम स्थगित, भोलि दिउँसो बन्दसत्र

माओवादीको सबै चुनावी कार्यक्रम स्थगित, भोलि दिउँसो बन्दसत्र

काठमाडौँ । शनिबार राति उम्मेदवारी दर्ता हुने गरी प्रकाशित गरिएको नेकपा माओवादी केन्द्रको सबै चुनावी कार्यक्रम स्थगित गरिएको छ ।

निर्वाचन समितिले शनिबार साँझ ८ बजेबाट उम्मेदवारी दर्ताको समय सार्वजनिक गरेको थियो ।तर, अन्तिममा चुनावी कार्यक्रम स्थगित गरिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

शनिबार चुनावी कार्यक्रम सार्वजनिक हुँदा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास पनि भइरहेको थियो ।चुनावी कार्यक्रम स्थगित गरेर आइतबार बन्दसत्रमा सहमतिकै आधारमा केन्द्रीय सदस्यहरुको नामावली घोषणाको तयारी भएको जनाइएको छ।

समावेशी सिद्धान्तअनुसार २९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिनेछ । त्यसमध्येबाटै पदाधिकारी, स्थायी समिति र पोलिट ब्यूरो बनाइने छ ।