सुन्दरी प्रतियोगितामा गडबड गर्ने ४० उँटलाई कारबाही !

सुन्दरी प्रतियोगितामा गडबड गर्ने ४० उँटलाई कारबाही !

साउदी अरेबियाको सरकारले उँटको सौन्दर्य प्रतियोगितामा ४० उँटलाई भाग लिन नपाउने निर्णय गरेको छ । यी ४० उँटलाई सुन्दर बनाउन बोटोक्सको इन्जेक्सन लगाइएको भन्दै किङ अब्दुलअजीज उँट महोत्सव प्रतियोगितामा उक्त उँटहरूलाई  सहभागी हुन नपाउने गरी कारबाही गरिएको हो।

यो प्रतियोगिता जित्ने उँटले ६ करोड ६० लाख डलर पाउँछ । पुरस्कारको लोभमा उँट पालकले उँटहरूलाई बोटोक्सको इन्जेक्सन लगाएका हुन् । यो उँट सम्मेलन यही महिनाबाट सुरु भएको हो । प्रतियोगितामा उँटलाई सुन्दर देखाउन बोटोक्सको सुई लगाउन वा अन्य कस्मेटिक सामग्रीको प्रयोगमा रोक लगाइएको छ।

निर्णायकले शिरको आकार, गर्धन, ड्रेसजस्ता कुरालाई आधार मानेर विजेताको घोषणा गर्नेछन्। साउदीले पछिल्लो समय उँटलाई सुन्दर देखाउने विषयमा हुने गरेको अवैध कार्य रोक्न नयाँ प्रविधिको प्रयोग सुरु गरेको छ ।

अध्ययनको क्रममा उँट पालकले उँटलाई सुन्दर देखाउन ओठ र नाक ठूलो बनाउने औषधिको प्रयोग गर्ने गरेको पनि पाइएको थियो।