समाजवादी प्रेस संगठन दार्चुलाको तदर्थ समिति गठन, अध्यक्षमा कार्की

समाजवादी प्रेस संगठन दार्चुलाको तदर्थ समिति गठन, अध्यक्षमा कार्की

दार्चुला । दार्चुलामा समाजवादी प्रेस संगठनको तदर्थ समिति गठन गरिएको छ । गोकुलेश्वरमा रहेका सञ्चारकर्मीहरूको सिफारिसमा प्रदेश समितिले कार्यसमिति गठन गरेको हो ।

लोकेन्द्र सिंह कार्कीको संयोजकत्वमा १३ सदस्यीय समाजवादी प्रेस संगठन नेपाल दार्चुला कार्यसमिति गठन गरिएको प्रदेश संयोजक नरेन्द्र भट्टले जानकारी दिए । समितिको सहसंयोजकमा हरिस नाथ, मदन नाथ, सचिवमा अमर खत्री, सहसचिवमा मिना धामी र कोषाध्यक्षमा गोविन्द सिंह धामी चयन भएका छन् ।

यस्तै सदस्यहरूमा जगदीश जोशी, प्रकाश सिंह कार्की, तारा प्रसाद विष्ट, निशा विष्ट, धनकुमारी धामी, कपुर पन्त र जनक सिंह धामीलाई चयन गरिएको उनले बताए । केही दिनमै जिल्ला भेला आयोजना गरिने जनाइएको छ ।