पछिल्लो साता दैनिक १८ लाखसम्म थपिने गरेको कोरोना संक्रमितको संख्या आज ८ लाखमा झ¥यो

पछिल्लो साता दैनिक १८ लाखसम्म थपिने गरेको कोरोना संक्रमितको संख्या आज ८ लाखमा झ¥यो

विश्वभर दैनिक थपिने कोरोना संक्रमितको संख्या आज केही घटेको छ । पछिल्लो साता दैनिक १८ लाखसम्म थपिने गरेको कोरोना संक्रमितको संख्या आज ८ लाखमा झरेको छ ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा ८ लाख एक हजार ४१९ जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा ३ लाख ४१ हजार ४५२ जना कोरोनामुक्त भएका छन् भने २ हजार ८७५ जनाको मृत्यु भएको छ ।

थपिनेमा अमेरिकामा एक लाख ६९ हजार, बेलायतमा एक लाख ३७ हजार, फ्रान्समा ५८ हजार, इटलीमा ६१ हजार र टर्कीमा ३३ हजार छन्।कोरोनामुक्त हुनेमा बेलायतमा ४५ हजार, रुसमा २६ हजार, जर्मनीमा साढे २२ हजार र टर्कीमा २२ हजार रहेका छन् ।

मृत्यु हुनेको संख्या रुसमा ८११, अमेरिकामा १४२, टर्कीमा १२९, इटलीमा १३३ र बेलायतमा ७३ जना रहेका छन् ।

यससँगै कोरोनाका कूल संक्रमितको संख्या २९ करोड ५ लाख ५४ हजार नाघेको छ । तीमध्ये २५ करोड ४५ लाख २ हजार जना निको भइसकेका छन् भने ५४ लाख ६० हजार १४५ को मृत्यु भइसकेको ।