जित निकाल्दै एट्लेटिको शीर्ष चारमा

जित निकाल्दै एट्लेटिको शीर्ष चारमा

एन्जल कोरेआले दुई गोल गरेपछि स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले सहज जित निकाल्दै शीर्ष चारमा उक्लिन सफल भएको छ ।

एट्लेटिकोले रायो भालेकानोलाई २–० ले हराएको हो । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा आइतबार राति भएको खेलमा कोरेआले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेका थिए ।

खेलको २८औं मिनेटमा कोरेआको गोलबाट एट्लेटिकोले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । ५३औं मिनेटमा कोरेआले व्यत्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै एट्लेटिकोको जित पक्का गरे ।

जितसँगै एट्लेटिको १९ खेलबाट ३२ अंक जोडेर शीर्ष चारमा उक्लिन सफल भएको छ । पराजित भालेकानो ३० अंकसहित छैटौ स्थानमा रहेको छ ।