माओवादी केन्द्रको अध्यक्षमा पुन: प्रचण्ड निर्विरोध निर्वाचित

माओवादी केन्द्रको अध्यक्षमा पुन: प्रचण्ड निर्विरोध निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको अध्यक्षमा पुनस् पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध चयन भएका छन् ।

सोमबार दिउँसो बसेको पार्टीको प्रथम केन्द्रीय कमिटीको बैठकले पुन प्रचण्डलाई अध्यक्षमा चयन गरेको हो ।

बैठकमा नारायणकाजी श्रेष्ठले अध्यक्षमा ‘प्रचण्ड’को नाम प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।

यसअघि माओवादीको अध्यक्षमा अरु कसैको पनि उम्मेदवारी परेको थिएन ।