एमालेले बनायो सुदूर क्षेत्रकै पुराना वामपन्थी नेता भट्टलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार

एमालेले बनायो सुदूर क्षेत्रकै पुराना वामपन्थी नेता भट्टलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट सुदूर क्षेत्रकै पुराना वामपन्थी नेता डिल्लीराज भट्टलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन गरेको छ ।

एमालेले भट्टलाई सुदूरपश्चिमको खुला क्षेत्रबाट उम्मेदवार बनाएको हो । भट्ट अहिले एमालेका केन्द्रीय सल्लाहकार सदस्य रहेका छन् ।

त्यस्तै, एमालेले सुदूरपश्चिमबाट महिलातर्फ सन्तोषकुमारी शर्मा र दलितबाट नरेश विकलाई समेत उम्मेदवार बनाएको छ ।

सात वटै प्रदेशमा पुस २० गते उम्मेदवारको मनोनयन र माघ १२ गते निर्वाचन हुँदै छ ।